ad ad

राजनीति


भारत–चीन शिखर वार्तामा कस्मिरको विषय उठेन

भारत–चीन शिखर वार्तामा कस्मिरको विषय उठेन

नेपालखबर
असोज २५, २०७६ शनिबार ९:५४,

भारत र चीनबीच भएको शिखर वार्तामा कस्मिरको मुद्दामाथि छलफल नभएको जनाइएको छ।

भातरको विदेश सचिव विजय गोखलेले शनिबार आयोजित पत्रकार सम्मेलनमा यस जानकारी दिएका हुन्।

गोखलेले भने,‘कस्मिरको विषय चिनियाँ पक्षले उठाएनन्। यद्यपी हाम्रो दृष्टिकोण स्पष्ट छ, यो विषय भारतको आन्तरिक मामिला हो।’

चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार र शनिबार भारतको भ्रमण गरेका थिए। शनिबार नै सी नेपाल पुग्ने कार्यतालिका छ।

सी भारत जाने भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान यसै हप्ताको सोमबारदेखि बुधबारसम्म चीन भ्रमणका लागि पुगेका थिए।

सो क्रममा चीनले पाकिस्तानलाई कस्मिर मुद्दा भारत र पाकिस्तान दुवैले छलफलमार्फत् सुल्झाउनु पर्ने बताएको थियो।

यद्यपी पहिले चीनले पाकिस्तानलाई कस्मिर मुद्दामा सहयोग पुर्याउने बताएको थियो। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .