ad ad

समाज


उद्योगमा लागेको आगो तीन घण्टापछि नियन्त्रणमा

उद्योगमा लागेको आगो तीन घण्टापछि नियन्त्रणमा

नेपालखबर
असोज २५, २०७६ शनिबार ९:५२,

वीरगञ्ज महानगरपालिकाको वडा नं ९ स्थित आर्दशनगरमा सञ्चालित ओम साई ड्रिंकिङ प्रालीमा लागेको आगो तीन घण्टापछि नियन्त्रणमा आएको छ। विद्युत्को तार सर्ट भई आज बिहान ८ बजेदेखि सो पानी उद्योगमा लागेको आगो ११ बजे नियन्त्रणमा लिइएको थियो।

वीरगञ्ज महानगरपालिकाको बारुणयन्त्र, नेपाल सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आगलागीबाट उद्योगमा रहेको वाटर प्लान्ट, अटोमेटिक प्लान्ट, कच्चा पदार्थसहित सँगै रहेको कार्यालयका सम्पूर्ण समान पूर्णरुपमा जलेर नष्ट भएको थियो। आगलागीबाट उद्योगमा रहेको करोडौँको धनमा जलेर नष्ट भएको अनुमान गरिए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .