ad ad

राजनीति


मोदीले सीलाई दिए विशेष उपहार

मोदीले सीलाई दिए विशेष उपहार

नेपालखबर
असोज २५, २०७६ शनिबार ७:५७,

शतिबार तमिल नाडुको महाबलिपुरममा चिनियाँ राष्ट्रपति सि चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ५० मिनेट एक्लाएक्लै वार्ता भयो।

त्यस वार्तापछि मोदी र सी प्रतिनिधिमण्डलस्तरीय वार्तामा सहभागी भए। सो क्रममा मोदीले चीनसँगको मतभेद झगडाको कारण बन्न नदिने बताए। मोदीले दुई देशबीचको मदभेदलाई आपसी सहमतिबाट सुल्झाउने बताए थिए।

सीले भारतको स्वागतबाट आफू निधै प्रभावित भएको साथै भारत आफ्नो सहयोगी मित्र भएको महसुस गरेको बताएका थिए।

महाबलिपुरमको कोभ रिसोर्टमा भएको प्रतिनिधिमण्डलको वार्तापछि मोदीले सिलाई उपहार दिए।

उक्त उपहार सीको तस्बिर भएको भारतीय संचारमाध्यमले जनाएका छन्। रेशमको कपडामा सीको तस्बिर बनाइको जनाइएको छ।

दुवै नेता यतिबेला चेन्नई प्रस्थान गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .