राजनीति


देशलाई संघीयताको प्रयोगशाला बनाइयोः केसी

देशलाई संघीयताको प्रयोगशाला बनाइयोः केसी

नेपालखबर
असोज १६, २०७६ बिहिबार १६:२४,

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशीले नेपाललाई आत्मनिर्भर बन्न नदिएको बताएका छन्।

बिहीबार राजमोले बाग्लुङको कुश्मीसेरामा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले नेपाली शासकलाई नै प्रयोग गरेर विदेशीले नेपाललाई आत्मनिर्भर बन्न नदिएको बताए। उनले भने, ‘नेपालमा कलकारखाना भयो भने विदेशीहरुले आफ्ना सामन हाम्रो देशमा बेच्न पउदैनन्। हाम्रो देश आत्मनिर्भर भएर जान्छ। त्यसकारण विदेशीको चाहना अनुसार नेपाललाई आत्मनिर्भर हुन दिइएको छैन।’

केसीले नेपाललाई संघीयतामा लगेर विदेशीको प्रयोगशाला बनाउन खोजिएको दाबी पनि गरे। विदेशीको सर्त र ऋण बोकेर संघीयता पाल्न नेपाली बाध्य नभएको केसीको भनाई थियो। कुनै प्रणाली चलाउने नाममा जनतालाई चर्को करको मारमा पार्न नपाइने केसीले जिकीर गरे।

‘अहिले दशैँ नजिक आएको छ। नेपाली जनतालाई मंहगी बढाईएको छ। तर आफूहरु भने भ्रष्टाचार गरेर थुपारेको रकम कहाँ खर्च गर्ने भन्ने भाको छ’ उनले भने।

सम्बोधनकै क्रममा अध्यक्ष केसीले २०२१ सालमा बाग्लुङमा कम्युनिष्ट पार्टी स्थापना गरेको प्रशंग स्मरण गर्दै पटक पटक जनताले राणा र राजाहरुसँग लडे पनि जनताको वास्तविक प्रजातन्त्र नआएको जिकीर गरे।

राष्ट्रिय जनमोर्चा बाग्लुङले सञ्चालन गरिहेको ‘राष्ट्रिय स्वाधिनताका लागि गाउँ जागरण अभियान’ अन्तर्गत बिहीबार बृहत आमसभा सम्पन्न गरेको हो। यसअघि राजमोले बुधबार पोखरामा र आइतबार पाँचवटा प्रदेशका मुख्य शहरहरुमा संघीयताको विरोध, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षता रक्षाका लागि सभाको आयोजना गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad