राजनीति


प्रचण्डलाई गगनको जवाफः नेकपा सिंह भए कांग्रेस शिकारी

प्रचण्डलाई गगनको जवाफः नेकपा सिंह भए कांग्रेस शिकारी

नेपालखबर
असोज ११, २०७६ शनिबार ७:३९,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेकपा सिंह भएको भनाइमाथि आपत्ती प्रकट गरेका छन्।

शनिबार काठमाडौँ आयोजित दशैँको शुभकामना आदानप्रदान कार्यक्रममा नेता थापाले प्रचण्डको भनाइमाथि आपत्ती प्रकट गरेका हुन्। अध्यक्ष प्रचण्डले शुक्रबार काठमाडौँमा आयोजित नेकपा समन्वय समितिको बधाई तथा शुभकामना कार्यक्रममा अबको एक वर्षमा नेकपा नेकपामात्रै पार्टी हुने दावी गरेका थिए।

नेता थापाले प्रचण्डको यो भनाइ लोकतन्त्र विरोधी भएको आरोप लगाएका छन्। उनले प्रचण्डले नेकपा सिंह भएको र सिंहको अगाडि कसैको पनि केही नलाग्ने भनाइको जवाफ समेत दिएका छन्। ‘नेकपा सिंह बन्छ भने कांग्रेस सिकारी बन्छ’, उनले भने, ‘सिंहको गर्जनका साथ कम्युनिष्ट पार्टी आए कांग्रेसले शिकारीको रुप धारण गरेर परास्त गर्छ।’

नेता थापाले सरकारले जनविरोधी काम गर्दै गएको भन्दै सरकारविरुद्ध लड्ने बेला आइसकेको बताए। उनले नेकपा कपाल भएको मान्छेलाई काइँयो बेच्ने पार्टी भएको भन्दै चीन दिन्छु नै नभनेको कुरा नेपालमा बेच्छु भनेर जनता झुक्याइरहेको आरोप लगाए।

नेता गगनकुमार थापाले सरकारले दुई तिहाईको तरबार देखाएर न्यायालयलाई समेत तर्साउने काम गरिरहेको उल्लेख गर्दै सैह्य नहुने चेतावनी दिए। नेपाललाई कम्बोडियामा जस्तो तानाशाही व्यवस्था ल्याउन सरकारले खोजिरहेको उल्लेख गर्दै त्यसलाई सफल हुन नदिने पनि उनको चेतावनी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad