ad ad

राजनीति


ऊर्जामन्त्री पुन स्वदेश फिर्ता

ऊर्जामन्त्री पुन स्वदेश फिर्ता

नेपालखबर
असोज १०, २०७६ शुक्रबार ११:२४,

जापानको चार दिने भ्रमण सकेर उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन स्वदेश फर्किएका छन्। 

मन्त्री पुनको जापान भ्रमणका क्रममा जाजरकोटमा निर्माणाधिन ४ सय १७ मेगावाटको नलसिंहगाड जलविद्युत परिआयोजना अघि बढाउने विषयमा सहमति भएको छ।

मन्त्री पुनले जापान भ्रमणको क्रममा जापानी विकास नियोग (जाइका)का कार्यकारी उपाध्यक्ष काजुहिको कोशिकावा, जापानका संसदीय तथा परराष्ट्रउपमन्त्री नोरुहिरो नाकायामा, कृषि, वन तथा मत्स्यपालन राज्यमन्त्री योसिताका ईता र जापान संसदीय मैत्री समूहका अध्यक्ष तथा लिबरल डेमोक्राटिक पार्टीका महामन्त्री तोसिहिरो निकाइसंग भेटवार्ता गरेका थिए।

मन्त्री पुन नेतृत्वको भ्रमणदलमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .