नेपाल र अफ्रिकी मुलुक घानाबीच औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको छ। घाना सहित नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएका मुलुकको संख्या अब १६८ पुगेको छ।
संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र घानाका समकक्षी शिर्ले बोत्चोयेबीच संयुक्त समझदारीमा हस्ताक्षर गरी कुटनीतिक सम्बन्ध स्थापित गरिएको हो।
न्युयोर्कस्थित नेपाली नियोगका अनुसार कुटनीतिक सम्बन्ध स्थापनापछि दुवै देशका परराष्ट्रमन्त्रीबीच द्धिपक्षीय सहकार्य र बहुपक्षीय मन्चहरुमा सहकार्य गर्नेबारे छलफल भएको छ।
Nepal and Ghana establish diplomatic relations. Foreign Minister Hon. Mr. Pradeep K. Gyawali and Foreign Minister of Ghana H.E. Ms. Shirley Ayorkor Botchwey signed a Joint Communiqué to this effect in New York today. With this Nepal's diplomatic relations reaches 168 countries. pic.twitter.com/YRYS2SbNO9
— MOFA of Nepal ?? (@MofaNepal) September 25, 2019
प्रतिक्रिया