राजनीति


इरानी राष्ट्रपतिसँग भेट्न मन छ तर भेटघाटको टुङ्गो लागेको छैनः ट्रम्प

इरानी राष्ट्रपतिसँग भेट्न मन छ तर भेटघाटको टुङ्गो लागेको छैनः ट्रम्प

नेपालखबर
असोज ७, २०७६ मंगलबार ८:३५,

तर उनले भेटघाटको औपचारिक कार्यक्रम अझैसम्म तय भइनसकेको जानकारी दिए।

संयुक्तराष्ट्र महासभाको बैठकस्थल न्यूयोर्कमा दुबै नेताबीच भेटवार्ता हुने सम्भावनाका बारेमा विभिन्न अड्कलबाजी भइरहेका छन्।

फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याँक्रोले दुबै नेताबीच वार्ता गराउन प्रयास जारी राखेका छन्।

साउदी अरेबियाका दुईवटा तेल प्रशोधन केन्द्रमा आक्रमण भएपछि इरानी र अमेरिकी राष्ट्रपतिबीचको भेटवार्ता लगभग टुङ्गिएको थियो।

अमेरिकाले साउदीमा भएका आक्रमणहरु इरानले गरेको आरोप लगाउँदै आएको छ, तर इरानले भने अमेरिकी आरोप सत्य नभएको दाबी गर्दै आएको छ।

राष्ट्रपति ट्रम्पले पत्रकारहरुसँग कुरा गर्दै आफूले इरानी नेतालाई भेट्न चाहेको बताएका छन्। ‘तर, अहिलेसम्म कुनै समयतालिकाका बारेमा छलफल भएको छैन।’ टम्पले भने।

 सोमबार फ्रान्सेली राष्ट्रपति म्याँक्रोले राष्ट्रपति ट्रम्पसँग अनौपचारिक परामर्श गरेपछि त्यही साँझ इरानी नेता रौहानीसँग झण्डै ९० मिनेट वार्ता गरेका थिए।

फ्रान्सेली राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा दुबै मुलुकबीच गतिरोध अन्त्य गर्न त्यति सहज नरहेको तर इरानले पनि आफूलाई सुधार गर्न जरुरी रहेको उल्लेख छ।

म्याँक्रोले अमेरिकी राष्ट्रपतिलाई मंगलबार पनि भेट्दै छन्। राष्ट्रपति म्याँक्रोले भने,‘मैले जतिसक्दो प्रयास गर्नेछु ताकि छलफलका लागि उपयुक्त वातावरण बन्न सकोस्।’ एएफपी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad