ad ad

राजनीति


ट्राफिक प्रहरीभित्र अनियमितता नभएको महानिरीक्षक खनालको दाबी

ट्राफिक प्रहरीभित्र अनियमितता नभएको महानिरीक्षक खनालको दाबी

नेपालखबर
असोज ५, २०७६ आइतबार ९:३,

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरी भित्र अनियमितता नभएको दावी गरेका छन्।

प्रहरी महानिरीक्षक खनालले प्रहरी संगठन भित्र पनि सुशासनलाई जोड दिइएको उल्लेख गर्दै कहीँकतै अनियमितता भएको पाइए कडा कार्वाही गर्ने चेतावनी पनि दिए। आइतबार १५ दिन ट्राफिक स्वयम्सेवक परिचालन कार्यक्रममा बोल्दै उनले मुलुकलाई समृद्ध बनाउने सरकारको अभियानलाई सफल बनाउन पनि नेपाल प्रहरी कटिवद्ध भएर लागि परेको बताए।

प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनका लागि युवाहरुको परिचालनमा जोड दिने पनि बताए। उनले चालू आर्थिक वर्षलाई ट्राफिक व्यवस्थापन अभियानकै रुपमा सञ्चालन गरेर यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनका लागि नेपाल प्रहरीको भूतपूर्व संगठनहरु पनि स्वयम्सेवकको रुपमा परिचालन हुने अपेक्षा समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .