ad ad

राजनीति


प्रधानमन्त्रीले भनेः अग्रगतिका लागि तगारो बनेपछि मात्रै संविधान संशोधन हुन्छ

प्रधानमन्त्रीले भनेः अग्रगतिका लागि तगारो बनेपछि मात्रै संविधान संशोधन हुन्छ

नेपालखबर
असोज ३, २०७६ शुक्रबार ६:५२,

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्न सकिने बताएका छन्।

पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा शुक्रबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अग्रगतिमा तगारो बनेपछि मात्रै संविधान संशोधन गर्न सकिने बताएका हुन्।

सरकारमै रहेको समाजवादी पार्टी नेपाल सो समामरोहमा सहभागी भएको छैन भने राजपाले संविधान दिवसको दिनलाई कालो दिन भनेर यसको विरोध गरिरहेको छ।

प्रधानमन्त्री ओलीले संविधान संशोधन के का लागि भन्ने कुराको जवाफ आएपछि मात्रै संशोधन गर्न सकिने बताए। ‘संविधानको कुन धारा, दफा वा भागमा के कति अधिकार रहृयो वा रहेन जस्ता विषय अल्झिनेभन्दा जुन बेला जे मिल्दैन जुन अग्रगतिका लागि तगारो बन्छ त्यसलाई त्यही बेला विधिसम्मत ढंगले मिलाउँदै सच्याउँदै अगाडि बढ्न सकिन्छ’, प्रधानमन्त्री ओलीले भने।

 प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताए। उनले संविधान कार्यान्वयनका क्रममा कुनै अप्ठ्यारो आइलागे क्रमशः पन्छाउँदै परिमार्जन गर्न सकिने पनि दोहो¥याए।

‘हाम्रो लोकतन्त्र फराकिलो छ, कतिपय अतिवादी सोच र संस्थालाई पनि यसले यसै अवधिमा मूल धारमा फर्काउन सफल भएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘जो अझै बाटो भुलिरहेका छन्, उनीहरुलाई पनि मूल धारमा आउन ढिला नगर्न मेरो आग्रह छ।’

प्रधानमन्त्री ओलीले सम्बोधनमा आफ्नो कार्यकालको हालसम्मको अवधिमा भएका आर्थिक विकास र उपलब्धिका बारेमा पनि विस्तृतमा उल्लेख गरेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित उक्त समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकायबाट सातै प्रदेशका सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो । संविधान दिवसलाई उत्सवका रुपमा मनाउने क्रममा सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो।

यसैगरी विकास निर्माण र नेपाल भ्रमण वर्ष २०२० सँग सम्बन्धित झाँकी पनि प्रदर्शन गरिएको थियो। समारोहमा सहभागीले हातहातमा राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए। रङ्गीचङ्गी बेलुन र शान्तिका प्रतीक परेवासमेत उडाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .