ad ad

राजनीति


सरकारले संविधान तोडमोड गर्न खोज्योः कोइराला

सरकारले संविधान तोडमोड गर्न खोज्योः कोइराला

नेपालखबर
भदौ २५, २०७६ बुधबार १५:१९,

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सरकारले संविधानलाई नै तोडमोड गर्न खोजेको आरोप लगाएका छन्। नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको तेस्रो वार्षिक साधारणसभाको आज गैँडाकोटमा उद्घाटन गर्दै उनले कांग्रेस यसमा सतर्क रहेको बताए।

महामन्त्री कोइरालाले भने, ‘तपाइँहरुको साथ र सहयोग रह्यो भने हामी संविधानलाई तोडमोड गर्न दिदैनौं। जननायक बिपी कोइरालाले २०१२ सालमा नेपालमा संविधानसभामार्फत बनेको संविधान चाहिन्छ भनेको प्रसंग उल्लेख गर्दै उनले संविधानसभाबाट ल्याइएको संविधानलाई केरमेट हुन कांग्रेसले किमार्थ दिँदैन भने।

सो अवसरमा गैँडाकोट नगरपालिकाका प्रमुख छत्र पौडेल, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, उद्योग संघ चितवनका उपाध्यक्ष त्रिलोचन कँडेल, महासंघका सल्लाहकार प्रभाकर पण्डित, प्रा डा हरिहर पोखरेल, देवेन्द्ररत्न शाक्यलगायतले बोलेका थिए।

महासंघका अध्यक्ष तिलाबहादुर जिसीको सभापतित्वमा भएको साधारणसभामा देशभरमा पार्टी प्यालेस सञ्चालन गरेका १५० जना सदस्य सहभागी बनेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .