बेनेली मोटरसाइकलको आधिकारिक डिलर पिनाकल मोटोर्याड प्रालिले औपचारिक रुपमा चितवनमा शोरुमको थालनी गरेको छ। बेनेली मोटरसाइकल इटालियन ब्राण्ड सन् १९११ देखि निरन्तर सञ्चालनमा छ।
बेनेली मोटरसाइकल चढ्न आरामदायी हुनुका साथै सबै प्रकारका उपभोक्ताहरुको रुचिलाई हुने गरी विभिन्न मोडलमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। त्यसैगरी हाल चितवनमा १३५ देखि ६०० सीसी क्षमतामा विभिन्न मोडलमा उपलब्ध हुने बताइएको छ।
पिनाकल मोटोर्याड प्रालिले तीन नया मोडल समेत सहुलियत दरमा बिक्री गर्ने भएको छ। साथै सबै मोडलहरुको इञ्जिनमा दुई वर्षको वारेन्टी रहनेछ। कम्पनीका अनुसार टीएटी १५ (१५० सीसी)को मूल्य २ लाख ३० हजार, टीएटी १५० आई (१५० सीसी)को तीन लाख १५ हजार, बीएन २५१ (२५० सीसी)को पाँच लाख २० हजार, लियोनसिनो (२५० सीसी) र टीआरके (२५१ सीसी)को छ लाख ३० हजार मूल्य रहेको कम्पनीले जनाएको छ। बेनेली मोटरसाइकलका महाप्रबन्धक राजन जोशीका अनुसार सबै मोटरसाइकल मजबुत इञ्जिन र राम्रो सेवाको लागि अति उपयुक्त हुने देखिएको छ भने इटालियन अनुभव र नेपालीहरुको क्रयशक्तिसग समेत मेल खाने देखिन्छ ।
बेनेली शोरुमका विभिन्न मोडलले मोटरसाइकलका विश्वप्रसिद्ध पारखीहरुलाई नेपालमा समेत उनीहरुको इच्छा पूरा गर्न सफल हुने कम्पनीले जनाएको छ। पिनाकल मोटोर्याड प्रालिका सञ्चालक ईश्वरकुमार श्रेष्ठका अनुसार नया शोरुमले सर्भिस केन्द्र, स्पेयर पार्ट्स र आधुनिक मेसिनरीको क्षेत्रमा यस भेगमा छुट्टै पहिचान कायम गर्ने विश्वास लिइएको छ।
प्रतिक्रिया