राजनीति


प्रधानसेनापति थापाकाे सम्पत्तिः खातामा २४ लाख, ५५ ताेला सुन (विवरण)

प्रधानसेनापति थापाकाे सम्पत्तिः खातामा २४ लाख, ५५ ताेला सुन (विवरण)

नेपालखबर
भदौ २४, २०७६ मंगलबार १२:२२,

नेपाली सेनाका बहालवाला प्रधानसेनापतिले पहिलोपटक आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाले मंगलबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

उनको सम्पत्ति विवरण नेपाली सेनाको वेबसाइटमा समेत हेर्न सकिन्छ। विवरणअनुसार थापाको काठमाडौं महानगर २६ नं. वडामा ४१६ कित्तामा ८ आना ३ पैसा २ दाम जग्गा रहेको छ। त्यस्तै, लमजुङको बेसिसहर नगर ४ मा १२ रोपनी जग्गा पैतृक सम्पत्तिबाट प्राप्त गरेको विवरणमा जनाइएको छ।

थापाको श्रीमती दिपा थापाको काठमाडौं महानगर २६ वडामा २ आना जग्गा माइतीबाट प्राप्त भएको देखिएको छ। त्यस्तै थापा दम्पतीको नाममा उपत्यकामा ४ रोपनी ११ आना रहेको समेत खुलेको छ। नवलपरासीमा दम्पतीको १२ आना जग्गा र लमजुङमा छोरी रुरु थापाको नाममा १ रोपनी जग्गा रहेको देखिएको छ।

चल सम्पत्तितर्फ प्रधानसेनापति थापासँग ५५ तोला सुन, ५ सय ९० तोला चाँदी र हिराको हार र औँठी रहेको छ। बैंक तथा वित्तीय संस्थामा समेत प्रधानसेनापति थापाको इन्भेष्टमेन्ट बैंकमा १६ लाख ६१ हजार ८ सय ९८ रुपैयाँ, अमेरिकी डलर ५ हजार ९ सय ७०, मेगा बैंकमा ५० हजार (श्रीमतीको नाममा) र ग्लोबल आईएमईमा ४२ हजार २ सय ९३ रुपैयाँ रहेको खुलेको छ।

थप विवरण तलः

thapa sampatti 1

thapa sampatti 2

thapa sampatti 3

thapa sampatti 4

thapa sampatti 5

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad