कारोबार


मेलम्चीका सीएमसी पीडितलाई भुक्तानीको मागदाबी गर्न आग्रह

मेलम्चीका सीएमसी पीडितलाई भुक्तानीको मागदाबी गर्न आग्रह

नेपालखबर
भदौ २४, २०७६ मंगलबार १२:१९,

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसी दि रेभेनाबाट बाँकी भुक्तानी पाउन नसकेका पीडित भेण्डर तथा सप्लायर्स कम्पनीहरुलाई भुक्तानीको माग दाबी र सोको पुष्टी हुने गरी बिल बिजक तथा सम्झौताको कागजात पेश गर्न प्राविधिक समितिले आव्हान गरेको छ।

सीएमसी कम्पनीबाट बाँकी रकम भुक्तानीको दाबी गरेका भेण्डर तथा स्थानीय सप्लायर्सहरुको मागका सम्बन्धमा गठन भएको प्राविधिक समितिले आयोजनाका लागि सामानहरु आपूर्ति गर्ने सप्लायर्सहरुसँग आवश्यक कागजात माग गरेको हो। समितिले एक सूचना जारी गरी आयोजना निर्माण क्षेत्रमा विरोध र आन्दोलन लगायतका कार्यक्रमहरु स्थगित गरी वार्तामा आउन समेत अनुरोध गरेको छ।

प्राविधिक समितिले सामानहरु आपूर्ति गर्ने सप्लायर्स कम्पनीहरुलाई वार्तामा आउन आग्रह गर्दै राष्ट्रिय गौरवको आयोजना निर्माणमा सहयोग पुर् याउन समेत अपिल गरेको छ।

यसअघि खानेपानी मन्त्रालयका खानेपानी तथा वातावरण महाशाखा प्रमुखको संयोजकत्वमा ६ सदस्यीय प्राविधिक समिति गठन भएको थियो। मागकर्ताहरुको भुक्तानीको दाबीको सम्बन्धमा समितिले आवश्यक काम कारबाही अघि बढाईसकेको छ।

यसैबीच स्थानीय श्रमिक मजदुरहरुको तलब ज्याला दिने सम्बन्धमा सम्बन्धमा मन्त्रालयले उनीहरुको माग सम्बोधन गर्न प्रक्रिया अघि बढाईसकेको छ। सिएमसी कम्पनीबाट पीडित स्थानीय श्रमिकहरुलाई राहत स्वरुप पाउनुपर्ने बाँकी रकम भुक्तानी दिन मन्त्रालयले यस सम्बन्धी फाइल अर्थ मन्त्रालयमा पठाइ सकेको छ। अर्थ मन्त्रालयबाट सहमति लिईसकेपछि मन्त्रिपरिषद्बाट यस सम्बन्धी आवश्यक निर्णय भई स्थानीय श्रमिकहरुलाई बाँकी रकम भुक्तानी दिन बाटो खुल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad