नेपाली सेनाको जंगी अड्डामा तीन दिने ‘पृतनापति समन्वयात्मक बैठक २०७६’ सुरु भएको छ।
बैठकको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार उद्घाटन गरे। सो बैठकमा प्रधानसेनापति रक्षा मन्त्रालयका पदाधिकारी, रथीबृन्द तथा पृतनापतिहरु सहभागी छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री पोखरेलले यस्ता छलफलले नेपाली सेनालाई थप व्यवसायीक बनाउँदै लैजाने धारणा राखे। उनले नेपाली सेनाले गरेका देश विकास तथा जनहितका कार्यहरुको प्रसंशा गर्नुका साथै गौरवपूर्ण ईतिहास बोकेको नेपाली सेनाले बदलिंदो परिस्थितीमा आफूलाई अद्यावधिक गर्दै लैजानु पर्नेमा जोड दिए।
कार्यक्रममा बलाधिकृत रथी शरद कुमार गिरीले स्वागत मन्तव्य राख्दै हाल नेपाली सेनाभित्र भईरहेका गतिविधीहरुबारे जानकारी गराएका थिए।
समन्वयात्मक बैठकको क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुख तथा सबै पृतनापतिहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया