कारोबार


जलविद्युतमा लगानी गर्न रसियन राजदूतँग मन्त्री पुनको आग्रह

जलविद्युतमा लगानी गर्न रसियन राजदूतँग मन्त्री पुनको आग्रह

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार १३:५९,

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र रसियन राजदूत एलेक्जी ए. नोभिको बीच भेटवार्ता भएको छ।

सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्धिपक्षिय हितका साथै उर्जा र जलस्रोत क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको हो।

भेटमा उर्जामन्त्री पुनले नेपाल र रसियाबीचको सम्बन्ध ऐतिहासिक कालदेखी नै सुमधुर रहेको भन्दै आगामी दिनमा पनि सम्बन्ध प्रगाढ बन्ने विश्वास व्यक्त गरे।

उनले रसियाले विगतमा पनि पनौती हाईड्रो, पूर्व पश्चिम राजमार्ग र पुर्वाधार निर्माणमा सहयोग गरेको नेपाली जनताले सम्झिरहेको भन्दै आगामी दिनमा सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे।

मन्त्री पुनले जलविद्युतको क्षेत्रमा लगानीको राम्रो वातावरण रहेको भन्दै रसियन लगानीकर्तालाई सन्देश प्रवाह गरिदिन राजदूतसंग आग्रह गरे।

‘जलविद्युत क्षेत्र सरकारको समेत उच्च प्राथमिकतामा छ, १ सय मेगावाटभन्दा माथीको परियोजनाको पिपिए पनि सरकारले गर्छ। यो सन्देश रसियन लगानीकर्तालाई प्रवाह गरिदिनुपर्यो’ मन्त्री पुनले भेटमा भने।

जवाफमा राजदूत नोभिकोभले उर्जा क्षेत्रमा सहकार्य गर्न रसिया ईच्छुक रहेको भन्दै लगानीको लागी वातावरण बनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .