प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या शाहाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ् अवस्थाका बारेमा जानकारी दिएकी हुन्।
प्रधानमन्त्री ओली सिंगपुरमा १४ दिनको उपचारपश्चात शुक्रबार मध्यान्ह स्वदेश फर्किएका छन्।
प्रधानमन्त्री स्वदेश फर्किएपछि निजी चिकित्सक शाहले विज्ञप्ति जारी गर्दै अवस्था सामान्य रहेको र नियमित कामकाज गर्न सक्ने जानकारी दिएकी हुन्।

प्रतिक्रिया