कारोबार


एनआईसी एसियाको नयाँ सुपर चामत्कारिक बचत योजना

एनआईसी एसियाको नयाँ सुपर चामत्कारिक बचत योजना

नेपालखबर
भदौ १०, २०७६ मंगलबार ५:२३,

एनआईसी एसिया बैंकले आफ्नो २२औं वार्षिकोत्सवको अवसरमा ३० विशेषतायुक्त नयाँ सुपर चामत्कारिक बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ। यसअघिको चामत्कारिक निक्षेप योजनाको सफलतापछि बैंकले सुपर चामत्कारिक बचत योजना सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।

सबै तह र तप्काका ग्राहक महानुभावहरुलाई उपयुक्त सुपर चामत्कारिक बचत खाता, सुपर चामत्कारिक नारी बचत खाता, सुपर चामत्कारिक जेष्ठ नागरिक बचत खाता, सुपर चामत्कारिक बाबु नानी बचत खाता, सुपर चामत्कारिक विद्यार्थी बचत खाता, सुपर चामत्कारिक स्वरोजगार बचत खाता, सुपर चामत्कारिक वैदेशिक रोजगार बचत खाता, सुपर चामत्कारिक उद्यमशील बचत खाता, सुपर चामत्कारिक तलब बचत खाताले आम जनमानसको बचत गर्ने बानीलाई थप प्रोत्साहन गर्ने र बचतको उचित प्रतिफल प्राप्त गर्न सक्नुहुने विश्वास बैंकले लिएको छ ।

उपर्युक्त उल्लिखित निक्षेप योजनाहरुमा ग्राहक महानुभावहरुले आफू तथा आफ्नो परिवारको सुरक्षार्थ १ करोड ३१ लाख ५० हजारसम्मको बीमा सुविधा प्राप्त गर्न सक्नेछन्। जसअन्तर्गत परिवारका सम्पूर्ण सदस्यहरुले दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका लागि १ करोड सम्मको बिमा सुविधा, दम्पतीको लागि २५ घातक रोगहरुको लागि ३० लाखसम्मको बीमा सुविधा, परिवारका लागि १ लाख ५० हजारसम्मको औषधि उपचार बीमा सुविधासमेत प्राप्त गर्न सक्नुहुनेछ। सुपर चामत्कारिक बचत योजनाअन्तर्गत यस बैंकका ग्राहकहरुले देशभरका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट निःशुल्क रुपमा रकम निकाल्न सक्नुहुनेछ ।

साथै कर्जामा समेत विशेष छुटका साथै घरमै बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्ने, निःशुल्क डिम्याट खाता खोल्ने, निःशुल्क ई–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा यस योजनाले समेटेको छ। बैंकले सार्वजनिक गरेको निक्षेप योजनाहरुमा माथि उल्लेखित सुविधाहरुको अतिरिक्त पृथक स्विप इन–स्विप आउटको सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधाहरु पाइनेछ। सुपर चामत्कारिक बचत योजनाले मुलुकका सबै क्षेत्र, भेग, तह र तप्काले फाइदा पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकको मुलुकभर २ सय ९७ शाखा कार्यालयहरु, ३ सय ४६ एटीएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग सेवा रहेका छन्। करिब १८ लाख ग्राहक रहेको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad