ad ad

राजनीति


प्रचण्डको अध्यक्षतामा बस्ने नेकपा सचिवालय बैठक दुई घण्टाअघि नै

प्रचण्डको अध्यक्षतामा बस्ने नेकपा सचिवालय बैठक दुई घण्टाअघि नै

नेपालखबर
भदौ ९, २०७६ सोमबार ३:४३,

तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक पहिलोपटक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज (सोमबार) बस्दैछ।

पार्टी एकता भएको डेढ वर्षपछि पहिलोपटक प्रचण्डको अध्यक्षतामा सचिवालय बैठक बस्न लागेको हो।

नेकपा प्रचार विभाग प्रमुख विष्णु रिजालका अनुसार बैठक अहिले बिहान ११ बजे धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

यसअघि दिउँसो १ बजे बस्ने भनिएकामा २ घण्टा अघि नै नेकपा सचिवालय बैठक बस्ने भएको हो।

यसअघिका बैठक प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने गरेका थिए।

अहिले ओली उपचारका लागि सिंगापुरमा रहेकाले प्रचण्डले बैठकको अध्यक्षता गर्ने भएका हुन्।

उपचारका लागि सिंगापुर उड्नु केही दिनअघि ओलीले पार्टीको बैठक आयोजना गरी एकताका बाँकी काम सहमतीका आधारमा टुंग्याउन प्रचण्डलाई आग्रह गरेका थिए।

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार सोमबारको बैठकमा पाँच वटा महानगर कमिटी, पाँच वटा केन्द्रीय निकायको नेतृत्व तथा सात वटा प्रवास क्षेत्रको नेतृत्व चयन गर्ने एजेण्डा छन्।

‘महानगरहरूमा पार्टीको इन्चार्ज तोक्ने काम भएपनि अध्यक्ष र सचिव तोकिएको छैन, सोमबारको बैठकले संभवतः पाँच वटा महानगरसहित पाँच वटा केन्द्रीय निकाय र सात वटा प्रवास क्षेत्रको नेतृत्व चयन गर्नेछ’, रिजालले भने।

बैठकले नेकपाको सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय अनुशासन आयोग, लेखा परिक्षण आयोग र निर्वाचन आयोगको अध्यक्ष तथा सचिव तोक्नेछ।
त्यस्तै भारत, अमेरिका, युरोप, पूर्वी एसिया, मध्यपूर्वलगायत सातवटा प्रवास क्षेत्रका इन्चार्ज र सहइन्चार्ज तथा समग्र प्रवास हेर्ने गरी एक जना संयोजक तोक्ने छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .