ad ad

राजनीति


एमाले बैठकमा शिक्षामन्त्री श्रेष्ठको राजीनामा माग

एमाले बैठकमा शिक्षामन्त्री श्रेष्ठको राजीनामा माग

नेपालखबर
असार १६, २०७८ बुधबार ९:५६,

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गरिएको छ।

बैठकमा जगत विश्वकर्माले जातीय विभेद गरेर कोठा नदिने घरबेटी सरस्वती प्रधानलाई प्रहरी कार्यालयमै लिन गएका मन्त्री श्रेष्ठले राजीनामा दिनु पर्ने बताएका थिए।

रुपा सुनार प्रकरणमा श्रेष्ठले गम्भीर गल्ती गरेको बताउँदै आत्मआलोचना गर्नु पर्ने विश्वकर्माको भनाई थियो।

krishnagopal sarswati

'रुपा सुनार प्रकरणमा कृष्णगोपाल कमरेडले गम्भीर गल्ती गर्नु भएको छ। यो कुनै कम्युनिस्ट आचारण होइन,' विकले भने, 'उहाँको कदमले सारा पार्टी पंतिको शिर निहुरिएको छ। उहाँलाई मन्त्रीमा बस्ने अधिकार छैन। प्रधानमन्त्री ज्यू! उहाँलाई हटाउनुस्।'

विकको भनाईमा अर्का नेता बमबहादुर विकले सहमति जनाउँदै श्रेष्ठले आत्मालोचना गर्नपर्ने बताएका थिए।

 श्रेष्ठबारे प्रश्न उठेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले श्रेष्ठको कदम गलत भएको जवाफ दिएका थिए।

'मन्त्री ज्यूले भावनामा आएर यस्तो काम गर्नु भयो। तर यहाँ भावनामा आउन छुट छैन,' प्रधानमन्त्रीले भने, 'उहाँलाई मैले सचेत गराइसकेको छु।'
भावनामा आएर गल्ती भएको श्रेष्ठले स्वीकार गरेको प्रधानमन्त्रीले बताएका थिए।

अब आफूसँग ४ जना मात्र मन्त्री रहेको र श्रेष्ठलाई पनि हटाए ३ जना हुने बताएका थिए।

'उहाँलाई पनि हटाइयो भने ३ जना मन्त्री हुन्छन्,' प्रधानमन्त्रीले भने, '३ जनाले कसरी काम गर्ने ?'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .