राजनीति


राष्ट्रिय सभा अधिवेशनको तयारी पुरा

राष्ट्रिय सभा अधिवेशनको तयारी पुरा

नेपालखबर
असार १६, २०७८ बुधबार ९:३९,

राष्ट्रिय सभाको आठौँ अधिवेशनको तयारी पुरा भएको छ।

राष्ट्रिय सभाको आठौँ अधिवेशन भोलि (असार १७ गते बिहीबार) दिउँसो ४ बजेको लागि बोलाइएको छ।

अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको संघीय संसद सचिवालयले जनाएको छ।

राष्ट्रिय सभामा हाल १९ वटा विधेयकहरु रहेको र यस अधिवेशनमा ती विधेयकका साथसाथै समितिका प्रतिवेदनहरु र संवैधानिक निकायबाट आएका पत्रहरु

प्रस्तुत हुने संघीय संसद सचिवालका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरु पेश गर्नुपर्ने नियमावलीको व्यवस्था अनुसार अध्यादेशहरु पेश हुनेपनि उनले बताए।

राष्ट्रिय सभा बैठकमा सहभागी हुने सदस्यहरुको बुधबार एन्टीजेन परीक्षण पनि गरिएको छ।

संसद भवनमा समाचार संकलनका लागि जाने सञ्चारकर्मी, सुरक्षाकर्मी र संसद सचिवालयको कर्मचारीको पनि एन्टीजेन परिक्षण गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .