राजनीति


प्रचण्डको घोषणा : अहिलेका सबै अवैधानिक नियुक्ति खारेज गरी पुनर्नियुक्ति गरिनेछ

प्रचण्डको घोषणा : अहिलेका सबै अवैधानिक नियुक्ति खारेज गरी पुनर्नियुक्ति गरिनेछ

नेपालखबर
असार १४, २०७८ सोमबार १२:१८,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारले गरेका सबै अवैधानिक नियुक्ति खारेज गरिने बताएका छन्।

‘मैले न्याय क्षेत्रका साथीहरुसँग पनि लगातार छलफल गरेको छु, यस्ता नाटकीय र षडयन्त्रमूलक ढंगले गरिएका सबै नियुक्ति खारेज गरेर एउटा मान्यता स्थापित हुनेगरी पुनर्नियुक्ति गर्नुपर्छ,’ प्रचण्डले भने, ‘तपाईंहरुले मेरिट र पारदर्शिताको बिल्कुल ठीक कुरा गर्नुभएको छ।’

पेशागत बुद्धिजीविसँग विपक्षी पाँच दलको गठबन्धनले सोमबार गरेको अन्तरक्रियाका क्रममा प्रचण्डले सो धारणा व्यक्त गरेका हुन्।

उनले संसद पुनस्र्थापना हुनसक्नेमा आफू विश्वस्त भएको तर पुनस्र्थापना भए पनि समस्या समाधान हुन्छ भनेर ढुक्क हुने स्थिति नरहेको बताएका छन्।

उनले तथ्य, प्रमाणका आधारमा त संसद पुनस्र्थापना हुनेमा आफू विश्वस्त रहेको बताए।

तर, त्यसपछि पनि समस्या आउनसक्ने तर्फ आफू सचेत रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad