राजनीति


पौडेल र सिटौलासँग सुजाताको ‘लन्च मिटिङ’

पौडेल र सिटौलासँग सुजाताको ‘लन्च मिटिङ’

नेपालखबर
असार १४, २०७८ सोमबार ११:५३,

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँग छलफल गरेकी छन्।

१४ औँ महाधिवेशनमा सभापतिको दाबेदार देखिएकी कोइरालाले सोमबार पौडेल र सिटौलासँग मण्डिखाटार स्थिति निवासमा लन्च मिटिङ गरेकी हुन्।

डेढ घन्टा भएको छलफलमा क्रियाशील सदस्यता वितरणमा अपनाइएको शैलीको विरोध गर्नुपर्ने विषयमा सहमति जुटेको पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले बताए।

‘क्रियाशील सदस्यता जसरी वितरण हुँदैछ, यसलाई रोक्न पर्छ नत्र यो समस्या बढाउने खालको छ,’ छलफलबारे अधिकारीले नेपालखबरसँग भने।

भेटघाटका लागि कोइरालाले नै उनीहरुलाई बोलाएकी थिइन्। छलफलमा आगामी महाधिवेशनमा सहयोग गर्न तयार रहेको कृष्ण सिटौलाले बताए।

‘महाधिवेशनमा सहयोग गर्न तयार छु,’ सिटौलाले पौडेल र कोइरालासँग भने, ‘१३ औं महाधिवेशनमा एक भएकाहरु अहिले पनि मिलेर अघि बढौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad