ad ad

राजनीति


तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकार गम्भीर देखिएन : विप्लव नेता लामा

तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकार गम्भीर देखिएन : विप्लव नेता लामा

नेपालखबर
असार १३, २०७८ आइतबार १३:१९,

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले राज्यपक्षले ३ बुँदे सहमतिलाई इमान्दारीपुर्वक कार्यान्वयन नगरेको गुनासो गरेका छन्।

गत फागुन २१ गते सरकारसँग भएको ३ बुँदे सहमति प्रति आफ्नो पार्टी इमान्दार रही कार्यान्वयनको दिशामा गइरहेको भए पनि राज्यले आफ्नो भूमिकालाई इमान्दारीतापुर्वक कार्यान्वयन नगरेको बताएका हुन्। उनले सहमति कार्यान्वयनमा सरकारले तदारुकता नदेखाउँदा पार्टी, कार्यकर्ता र नागरिकहरु दुखी भएको दाबी गरे।

३ बुँदे सहमति अनुसार जेलमा रहेका आफ्ना कार्यकर्ता रिहाई गर्ने काममा पनि ढिलासुस्ति भएको गुनासो उनले गरे। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति काठमाडौंले आइतबार गरेको रक्तदान कार्यक्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले राज्य आफूले गरेको सहमति प्रति उत्तरदायी भई कार्यान्वयनमा इमान्दार बन्नुपर्ने तर्क गरे।

उनले भने, ‘राष्ट्रिय राजनीतिमा निरासा छाएको छ। राजनीतिक पार्टीप्रति, सरकारप्रति राजनितिक व्यवस्थाप्रति अहिले मानिसहरु सन्तुष्ठ छैनन्। त्यसकारणले हाम्रो पार्टीले प्रगतिशील सरकार, जनमतसंग्रह र वैज्ञानिक समाजवाद मार्फत नागरिकमा छाएको निरासालाई हल गर्ने र एकपटक नेपाली जनता आफैँले जनमत प्रयोग गरेर आफ्नो शासन व्यवस्था छिनोफानो गर्ने वातावरण राज्यले बनाउनुपर्छ भनेर हाम्रो पार्टीले अपिल गरेको छ तर दुर्भाग्य हाम्रा ३ बुँदे सहमति , सरकार र हाम्रो पार्टीबीच भएको थियो फागुन २१ गते, धेरै कमरेडहरु अझै पनि जेलमा हुनुहुन्छ। छुट्नुभएको छैन। हाम्रो प्रतिवद्धताप्रति हाम्रो पार्टी इमान्दार छ। कार्यान्वयनको दिशामा हाम्रो पार्टी गईरहेकै छ तर राज्यले आफ्नो भूमिकालाई जसरी इमान्दारीतापूर्वक कार्यान्वयन गर्नुपथ्र्यो, ३ बुँदे सहमति कार्यान्वयनमा राज्यले तदारुकता नदेखाएको अहिले राजनीतिक पार्टी, कार्यकर्ता र नागरिकहरु दुःखी छन्। यो पाटोमा राज्यले आफूलाई समयमा नै इमान्दारीतापूर्वक उभ्याओस्।’

नेकपा काठमाडौं जिल्ला कमिटीले आइतबार गरेको रक्तदान कार्यक्रममा २ सय ५० जनाले रक्तदान गरेको आयोजकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .