ad ad

राजनीति


पुरानै नक्सा राखेर पाठ्यपुस्तक प्रकाशन गर्ने र प्रयोगमा ल्याउनेलाई स्पष्टीकरण

पुरानै नक्सा राखेर पाठ्यपुस्तक प्रकाशन गर्ने र प्रयोगमा ल्याउनेलाई स्पष्टीकरण

नेपालखबर
असार १३, २०७८ आइतबार १३:९,

पाठ्यक्रम विकास केन्द्रले नेपालको पुरानै नक्सा राखेका पाठ्यक्रम छपाई गर्ने छापाखना, वितरण गर्ने वितरक र प्रयोगमा ल्याउने विद्यालयका प्रधानाध्यापकहरुलाई स्पष्टीकरण सोधेको छ।

पाठ्यक्रम विकास केन्द्रले अनुगमनका क्रममा नेपालको अतिक्रमित भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका क्षेत्र समेटिएको नक्सा नरहेको पुरानै पाठ्यपुस्तक प्रयोगमा ल्याइएको पाएपछि उनीहरुलाई कारबाहीका लागि स्पष्टीकरण सोधेको जनाएको छ।

यही असार १ गते सो केन्द्रले अनिवार्य रुपमा नयाँ नक्सा समेटिएको पाठ्यपुस्तक विक्रि वितरण गर्न निर्देशन दिएको थियो। सो निर्देशनको अवज्ञा गर्नेहरुमाथि कारबाही थालिएको केन्द्रले जनाएको छ।

यस्तै, पाठ्यक्रम केन्द्रका अनुसार कतिपय पाठ्यपुस्तक तथा पाठ्यसामग्रीहरुमा मूल्य उल्लेख नगरिएको वा कालो पोतेर नयाँ मूल्यसूची टाँस गरिएको पाइएको छ भने नेपाली कला संस्कृति, सामाजिक शिक्षा जस्ता पाठ्यक्रम नेपाली भाषामा हुनुपर्ने निर्देशन दिइएकोमा सोसमेत लागू नभएको पाइएको छ।

पाठ्यक्रम विकास केन्द्रले नेपालको नयाँ नक्सा भए नभएको तथा सरकारबाट स्वीकृत पाठ्यक्रम भए नभएको हेरेर मात्र पाठ्यपुस्तक खरिद गर्न पनि अभिभावकहरुसँग आग्रह गरेको छ।

यस्तो छ सूचना

p1.jpg

p2_1.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .