ad ad

राजनीति


चीन–नेपाल रेलमार्गका लागि ६ वटा मार्ग प्रस्ताव

चीन–नेपाल रेलमार्गका लागि ६ वटा मार्ग प्रस्ताव

नेपालखबर
असार १२, २०७८ शनिबार १०:२,

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै चीनबाट नेपाललाई रेलमार्गसँग जोड्न प्राविधिकहरुले प्रस्ताव गरेका छन्। ्

चीन–नेपाल महत्वाकांक्षी रेलमार्ग परियोजनामा आवद्ध एक वरिष्ठ चिनियाँ इन्जिनियरले विश्वको सर्वोच्च शिखर सगरमाथा वरिपरीबाट रेलमार्ग निर्माण गर्नु बाहेकको उपयुक्त विकल्प नदेखिएको बताएका छन्।

रेलमार्गले दुई देशलाई जोड्न सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट लैजाने प्रस्ताव दुवै देशका सरकारलाई पठाउन भने बाँकी रहेकाे साउथ चाइना मर्निङ पोस्टको एक रिपोर्टमा जनाइएको छ। विज्ञको अन्तिम सिफारिससहितको प्रस्तावमा रेलमार्गको चुनौतिहरूको बिरूद्ध पर्याप्त र दृढ अडान समेटिने छन्।

चिनियाँ कानूनले वातावरणीय संरक्षण क्षेत्रमा ठूलो मात्रामा निर्माण कार्य गर्न निषेध गर्दछ। तर यो रिपोर्टमा ‘उत्तर कोरियापछि एसियाको सबैभन्दा गरिब मूलुक नेपाल’ रहेको दाबी गर्दै ८ अर्ब अमेरिकी डलर लगानीको यो रेलवे परियोजनाले नेपालको अर्थव्यवस्था सुदृढ गर्न ठूलो मद्दत गर्ने तर्क गरिएको छ।

गत बुधबार रेलवे स्ट्यान्डर्ड डिजाइन जर्नलमा प्रकाशित रिपोर्ट उधृत गर्दै पोस्टले दुई देशहरू बीचको हजार किलोमिटर सीमामा रेलको लागि छ वटा मार्ग प्रस्ताव गरिएको जनाएको छ। 

५१३ किलोमिटरको यस पहिलो हिमाली क्षेत्रको रेलमार्गमा ५ दशमलब २७ अर्ब अमेरिकी डलर खर्च हुनेछ जसले तिब्बतको केरुङ हुँदै नेपालको राजधानी काठमाडौँ जोड्नेछ।

चीन र नेपालको यस रेल परियोजनालाई भारतले अस्वीकार गर्दै आएको छ। भारत नेपालको प्रमुख अर्थ सहयात्री भएता पनि चीन र नेपालबीचको व्यापार पनि पछिल्लो समय बढ्दै गइरहेको छ।

सन् २०१९ मा नेपाल र भारतबीच ८ अर्ब अमेरिकी डलरको कारोबार भएको थियो। सोही वर्ष चीन र नेपालबीच भने मात्र २ करोड डलरको मात्र कारोबार भएको थियो।

चीनको महत्वाकांक्षी बीआरआई परियोजना मार्फत् सन् २०१६ मा नेपाल र चीनले दुवै देशबीच रेल परियोजनामा हस्ताक्षर भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .