राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले असार १७ बाट सुरु हुने राष्ट्रिय सभा बैठकका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले असार १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेपछि अध्यक्ष तिमिल्सिना शुक्रबार बानेश्वरस्थित संसद भवन पुगेर आवश्यक तयारीका लागि संसद सचिवालयलाई निर्देशन दिएका हुन्।
अध्यक्षको सचिवालयका अनुसार शुक्रबार नै तिमिल्सिनाले विपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दलका नेता तथा सचेतकहरूसँग संसद बैठकबारे परामर्श गरेका थिए।
संघीय संसदको प्रतिनिधि सभा विघटन भएका कारण अहिले त्यसविरुद्ध सर्वोच्च अदालतकाे संवैधानिक इजलासमा सुनुवाइ जारी छ।

प्रतिक्रिया