नेकपा एमाले नेता एवं लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वराजा गुहारेको आरोप लगाएका छन्।
बिहीबार सम्पादकहरूसँग अन्तरक्रियामा प्रचण्डले ‘अहिलेको राष्ट्रपति संस्थाभन्दा त उति बेलाका राजा नै ठीक’ भनेका थिए।
यसै सन्दर्भमा शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत नेता पोखरेलले प्रचण्डले राजनीतिक प्रतिस्पर्धा आफूलाई उचो देखाउन पूर्वराजा गुहार्न बाँकी रहेको र त्यो हिजो (बिहीबार) पूरा भएको कटाक्ष गरेका हुन्।
‘राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्वराजालाई गुहार्न बाँकी थियो, हिजोबाट त्यो पनि पूरा भएछ,’ मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रहयो र!!’
प्रतिक्रिया