सर्वाेच्च अदालतको आदेशसँगै एकसाथ ११ मन्त्री पद गुमाएको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षका नेता आज छलफलमा जुट्ने भएका छन्।
अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न उनीहरू आज दिउँसो १ बजे बबरमहलमा भेला हुने भएका हुन्।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरिने एक नेताले जानकारी दिए।
जसपाको ठाकुर पक्षबाट नेता राजेन्द्र महतोसहित केपी ओली नेतृृत्वको सरकारमा ९ मन्त्री र २ राज्यमन्त्री बनेका थिए।
तर दोस्रोपटक संसद् विघटनछि कामचलाउ प्रधानमन्त्री बनेका ओलीले गरेको मन्त्रिपरिषद् पुनगर्नठन अवैधानिक ठहर गर्दै सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि एक महिना पनि नपुग्दै जसपाका सहित २० मन्त्रीको पद गुमेको हो।
जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवक तथा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवलाई प्रधानमन्त्री बनाउनुपर्ने मुद्दामा सहभागी हुँदै विपक्षी गठबन्धनमा लागेको छ।
जुन मुद्दाको बहस अहिले सर्वाेच्च अदालतमा जारी छ।
जसपाका ठाकुर र यादव पक्षले एकअअर्कालाई पार्टीबाट निष्कासन गर्दै आफू आधिकारिक पार्टी भएको दाबी निर्वाचन आयोगमा प्रस्तुत गरिरहेका छन्।

प्रतिक्रिया