क्रिमिया नजिकैको ब्ल्याक सी पुगेको बेलायती रोयल नेभी डिस्ट्रोयर एचएमएस डिफेन्डर जहाजलाई सो क्षेत्रमा नतैरिन रुसले चेतावनी दिँदै बम पड्काएको र गोली चलाएको एबीसी न्युजले जनाएको छ।
रुसले आफ्नो समुद्री क्षेत्रमा घुसेकाले बेलायती जहाज तैरिरहेको क्षेत्रमा गोली चलाउनु परेको साथै त्यहाँ चेतावनी दिन बम खसाउनु परेको बुधबार बताएको छ।
रुसी रक्षा मन्त्रालयका अनुसार बेलायती जहाजले समुद्री नियमको उल्लंघन गरेको हो। शीतयुद्धपछि पहिलोपटक मस्कोले नेटोको युद्धक जहाज लक्षित प्रत्यक्ष गोलाबारी गरेको हो।
बेलायतको रोयल नेभी डिस्ट्रोयर एचएमएस डिफेन्डर जहाज
पूर्व सूचना दिँदासमेत बेलायती जहाज अटेर गर्दै तैरिएको रुसको भनाइ छ। त्यसपछि रुसी युद्धक विमान सु–२४ बाट जहाज तैरिरहेको क्षेत्रमा बम खसालिएको थियो।
बेलायतले यो विषयमा केही प्रतिक्रिया जनाएको छैन। टर्की, ग्रिस, रोमानिया र बुल्गेरिया नेटोमा आवद्ध राष्ट्र हुन्। यी ब्ल्याक सी वरीपरीका देश हुन्।
तर सो समुद्रमा अमेरिका र बेलायती जहाजहरु युक्रेनको समर्थनमा तैरिने गर्दछन्।

प्रतिक्रिया