कारोबार


हिमालयन बैंकका ग्राहकलाई दराजबाट सामान खरिद गर्दा विषेश छुट

हिमालयन बैंकका ग्राहकलाई दराजबाट सामान खरिद गर्दा विषेश छुट

नेपालखबर
असार ९, २०७८ बुधबार १२:११,

हिमालयन बैंक लिमिटेड र इ-कमर्श साइट दराजबीच बैंकका ग्राहकहरुलाई उक्त अनलाइन साइटबाट सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ।

दराजको बैंक डे अफर अन्तर्गत बैंकले आफ्ना ग्राहकहरुको सुविधाको लागि प्रत्येक बिहीबार छुट प्रदान गर्ने व्यवस्था गरेको छ।

उक्त सम्झौता अन्तर्गत हिमालयन बैंकका ग्राहकहरुले दराजबाट बिहीबारका दिन आफ्नो क्रेडिट वा प्रिपेड कार्डबाट अग्रिम भुक्तानी गरी कुनै पनि सामानहरु खरिद गर्दा १५ प्रतिशत वा अधिकतम रु. ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन्।

बैंकले देशमा फैलिएको करोना महामारीको विषम परिस्थितिबाट आफ्ना ग्राहकहरुलाई सुरक्षित राख्न डिजिटल बैंकिङको प्रवर्द्धन गर्ने सिलसिलामा दराजबाट सामानहरु खरिद गर्दा छुट प्रदान गर्ने व्यवस्था गरेको हो। दराजबाट सामान खरिद गर्दा समान घरमै आउने तथा छुट पनि प्राप्त गर्ने भएकोले बैंकका ग्राहकहरु लाभान्वित हुनेछन्।

बैंकको क्रेडिट वा प्रिपेड कार्ड प्राप्त गर्न बैंकको नजिकको शाखा कार्यालयमा गई ग्राहकहरुले निवेदन दिन सक्नेछन्।

हाल बैंकको ७१ वटा शाखा, ५ हजार भन्दा बढी पस टर्मिनल, ६०० भन्दा बढी इ कमर्श मर्चेन्ट तथा १४२ भन्दा बढी एटीएम मेशिनहरु सञ्चालनमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad