प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्ड र सर्वाेच्च अदालतको फैसला हुबहु मिलेको दाबी गर्दै आश्चर्य व्यक्त गरेका छन्।
सर्वाेच्च अदाललते मंगलबार एकै दिन कामचलाउ प्रधानमन्त्रीमा परिणत भइसकेका केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठन बदर तथा कर्णाली प्रदेशका चार सांसद पुनर्बहालीविरुद्ध दिएको पुनरवलोकन माग अस्वीकार गरेको छ।
त्यही दिन राति प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रचण्डले हिजो गरेको भाषण र सर्वोच्चको आजको फैसलामा हुबहु? माधव–ंरावलका वक्तव्य र भाषण श्रीमान् राउतको फैसलामा हुबहु? यो के भएछ?’
उनले अगाडि प्रश्न गरेका छन्, ‘देउवालाई २०७४ अधिकार थियो, अहिले ओलीलाई छैन? प्रतिष्ठा कायम रहोस्,बस! मन्त्री बनाउने, कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चकेै हो र?’
पछिल्लो समय अदालतले प्रधानमन्त्री ओलीका निर्णय एकपछि अर्काे बदर गरिरहेको छ।
मंगलबार सर्वाेच्च अदाललते पुनर्गठित मन्त्रिपरिषद् बदर गरेसँगै २० मन्त्री बर्खास्त भएका छन् भने प्रधानमन्त्री ओलीसमेत अब उनको सरकार ५ सदस्यीय बनेको छ। यसपछि मंगलबार राति उनले निवर्तमान मन्त्रीहरूसँग छलफल गर्दै अब कसरी सरकार चलाउने भनेर निराशा व्यक्त गरेका छन्।
यस्तै माओवादी केन्द्रबाट कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गत वैशाख ३ गते पार्टीको ह्विविपरीत विश्वासको मत दिएपछि गत वैशाख १४ गते प्रदेश सांसद पदबाट बर्खास्त प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अमरबहादुर थापालाई सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले गत जेठ २७ गते हटाउन नमिल्ने भन्दै पुनर्बहाली गरेको छ। एमालेको १०औं महाधिवेशन आयोजक कमिटी पार्टीको आधिकारिक संरचना नभएकाले त्यसले गरेको कारबाही मान्य नहुने अन्तरिम आदेश जारी गरेको हो।
तर यो आदेश त्रुटिपूर्ण रहेको दाबी गर्दै ओली पक्षले दिएको पुनरवलोकन निवेदन पनि मंगलबार सर्वाेच्च अदालतले अस्वीकार गरेको हो।

प्रतिक्रिया