राजनीति


मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको मुद्दा प्रधानन्यायाधीशकै इजलासमा आज सुनुवाइ

मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको मुद्दा प्रधानन्यायाधीशकै इजलासमा आज सुनुवाइ

नेपालखबर
असार ८, २०७८ मंगलबार ६:२२,

मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको मुद्दा सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रकाश कुमार ढुंगाना रहेको इजलासमा पेसी तोकिएको छ।

कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्नु अवैधानिक भएको दाबी गर्दै परेका रिटको सुनुवाइ आज हुन भएको हो।

मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वाेच्च अदालतमा ६ वटा रिट निवेदन परेका छन्।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले रिट निवेदन हालेका हुन्। जसमा मन्त्रिपरिषद् पुनर्गठन रद्द गर्न माग गर्दै राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई विपक्षी बनाइएको छ। 

आज दुवै पक्षबाट बहस हुनेछ र रिट निवेदकले माग गरेअनुसार अन्तरिम आदेश जारी भए पुनर्गठित मन्त्रिपरिषद् अमान्य हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad