राजनीति


पूर्वमन्त्री तप्तबहादुर विष्टको पशुपति आर्यघाटमा अन्त्येष्टि

पूर्वमन्त्री तप्तबहादुर विष्टको पशुपति आर्यघाटमा अन्त्येष्टि

नेपालखबर
असार ६, २०७८ आइतबार १३:४३,

नेपाली कांग्रेस सुर्खेतका पूर्वसभापति, संविधानसभा सदस्य एवं पूर्वसूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

आज बिहान निधन भएका विष्टको पार्थिव शरीरलाई आजै अपरान्ह पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको नेपाली कांग्रेसले जनाएको छ।

५८ वर्षीय विष्टको आज उपचारका क्रममा निधन भएको हो।

विष्टप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले श्रद्धाञ्जली अर्पण गरेका छन्।

सभापति देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भनेका छन्, ‘उहाँको निधनबाट नेपाली कांग्रेसले एक असल र निष्ठावान नेतालाई गुमाएको छ। नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।’

गत जेठ १६ गते प्रदेश अस्पताल सुर्खेतमा भर्ना भएका विष्टको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि जेठ २६ गते ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।
विसं २०२० सालमा अछाम जिल्लामा जन्मका विष्ट सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. ११ कुइनेमा बसोबास गर्दै आएका थिए।

उनी २०७० सालमा सम्पन्न संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट सुर्खेत जिल्ला निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए। उक्त कार्यकालमा उनले सूचना तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए।

उनको निधनबाट पार्टीले एक होनाहार र अनुभवी व्यक्तित्वलाई गुमाएको कांग्रेसले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad