कारोबार


नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा

नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा

नेपालखबर
असार ६, २०७८ आइतबार १३:७,

नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्तर्गतको ७८ हजार १५० कित्ता सेयर बिक्री गर्ने भएको छ।

संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रति कित्ता न्यूनतम मूल्य रु. १ हजार २२ रुपैयाँ तोकिएको छ। संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ।

साथै संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले यही असार ३ गतेदेखि १० गतेसम्ममा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी प्रति कित्ता आफू ले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad