ad ad

राजनीति


कमल थापाले भने : बरु एक्लै हिँड्छु, लोभीपापीसँग हिँड्दिन

कमल थापाले भने : बरु एक्लै हिँड्छु, लोभीपापीसँग हिँड्दिन

नेपालखबर
असार ५, २०७८ शनिबार ८:४१,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले लोभीपापी र अवसरवादीहरुलाई बोकेर नहिँड्ने बताएका हुन्।

राप्रपाभित्र राजनीतिक खिचातानी बढिरहेकै बेला उनले त्यस्ता व्यक्तिलाई बोकेर हिँड्दा गन्तव्यमा नपुगिने बताए हुन्।

ट्विट गर्दै उनले भनेका छन्, 'विगतमा धेरै गल्ती गरियो। अब मसँग गल्ती गरेर सच्याउने समय छैन। त्यसैले अब मेरो पछि कति छन् भनेर हेर्दिन। बरु एक्लै हिँड्छु, नकारात्मक सोच भएकाहरुसँग टाढै बस्छु।' 

राप्रपाले शुक्रबार केन्द्रीय निर्देशन समिति र केन्द्रीय विशेष समिति गठन गरेको थियो। ती समितमा पार्टीका वरिष्ठ नेता नपरेको भन्दै असन्तुष्टि बाहिर आएका छन्।

केन्द्रीय विशेष समितिमा राप्रपाको महामन्त्री रहिसकेका धवल शमशेर राणासमेत परेका छैनन। राणाले आफूलाई नेतृत्वले अपमान गरेको बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .