राजनीति


नेकपा सचिवालय बैठकः एकताका बाँकी काम प्रचण्डको अध्यक्षतामा

नेकपा सचिवालय बैठकः एकताका बाँकी काम प्रचण्डको अध्यक्षतामा

नेपालखबर
भदौ ५, २०७६ बिहिबार ५:२६,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एकताका बाँकी काम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा टुंग्याउने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ उपचारका लागि सिंगापुर जानुअघि बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बसेको सचिवालयको बैठकले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै एकताका काम अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा अगाडि बढाउने निर्णय गरेको हो।

 बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले एकताका बाँकी काम अर्का अध्यक्ष प्रचण्डको अध्यक्षमा टुंग्याउने निर्णय भएको बताए।

‘यसअघि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नहुँदा बैठक बस्ने गरिएको थिएन्’, नेपालखबरसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘यसपटक भने प्रचण्डजीको अध्यक्षतामा बैठक बसी कामकारबाही अगाडि बढाउने निर्णय भएको छ।’

 तत्कालीन एमाले र माओवादीबीच एकतापछि बनेको नेकपामा दुई अध्यक्षको व्यवस्था गरिएको भए पनि अहिलेसम्म बैठकको अध्यक्षता केपी शर्मा ओलीले गर्दै आएका थिए।

स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री ओली बिहीबार दिउँसो १ बजे थाइ एयरलाइन्सबाट त्यसतर्फ प्रधान गर्दैछन्।

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओली उपचारका क्रममा ८–१० दिन रहने बताए पनि डाक्टरको सल्लाह र आवश्यकता अनुसार बस्न सक्ने बताए। ‘प्रधानमन्त्रीले ८–१० दिन बस्ने भन्नु भएको छ, श्रेष्ठले भने, ‘डाक्टरको सल्लाह र आवश्यकताअनुसार उहाँ थप बस्न पनि सक्नुहुन्छ।’ उनले स्वास्थ्य अवस्था जटिल नभए पनि डाक्टरको सल्लाहमा प्रधानमन्त्री ओली सिंगापुर जान लागेको बताए।

एकताको प्रक्रिया अन्तिम चरणमा पु¥याएको नेकपामा प्रवास कमिटी, महानगरहरुको नेतृत्व, पोलिट्व्युरो गठन, अन्य केन्द्रीय सदस्यहरुको कार्यविभाजनलगायत कार्यसूचीमा निर्णय हुन बाँकी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad