समाज


संखुवासभामा वरपीपल रोप्ने अभियान

संखुवासभामा वरपीपल रोप्ने अभियान

नेपालखबर
असार ४, २०७८ शुक्रबार १०:१९,

पछिल्लो समय मासिँदै गएका वरपीपल संरक्षण गर्ने ध्येयले सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सङ्खुवासभाको आयोजनामा तीन सय जोडी भन्दा बढी वरपीपल रोपिएको छ। सङ्खुवासभाका १० वटै स्थानीय तहमा वरपीपल रोपिएको हो।

विभिन्न मठ–मन्दिर, दोवाटो, चौतारो भएका ठाउँमा वैदिक विधिपूर्वक रोपिएका वरपीपलहरु मासिन थालेपछि यो रोप्ने अभियान चलाएको महासंघ सङ्खुवासभाका अध्यक्ष लक्ष्मी चापागाइले जानकारी दिइन्। स्थानीय तहका तीन सय सामुदायिक वनमा वरपीपल रोपिएको अध्यक्ष चापागाइले बताइन्। पहिले धार्मिक आस्थाका रुपमा रोप्ने वरपीपल अक्सिजनका लागि मात्र नभएर भूक्षय रोकथाममा पनि सहयोगी हुनेछ।

पहिले विवाह नगरेको वरपीपल पूजा गर्नु हुँदैन भन्थे। रुखको त कुरै छाडौं हाँगाविगा पनि काट्ने चलन थिएन। अचेल रुखनै काट्छन्, मान्छेले धर्म छाड्दै गएका बेला वरपीपल रोप्ने अभियान निकै राम्रो भएका खाँदबारी नगरपालिका ८ का जीवनाथ खनालले बताए।

वरपीपलले पर्यावरणीय सन्तुलन कायम राख्छ, अत्यधिक अक्सिजन उत्पादन गर्छ र त्यो मानव स्वास्थ्यका लागि अत्यधिक लाभदायी हुने स्थानीय खनालको भनाइ छ। वरपीपलसँगै समी, गुराँस, चाँप, धुँपीसल्लासहित ६ सय भन्दा बढी वृक्षरोपण गरिएको सो अभियानले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad