राजनीति


काठमाडौंको ‘भाकल’ पुरा गर्न प्रदेशको बली चढाइयो : मुख्यमन्त्री गुरुङ

काठमाडौंको ‘भाकल’ पुरा गर्न प्रदेशको बली चढाइयो : मुख्यमन्त्री गुरुङ

नेपालखबर
जेठ २७, २०७८ बिहिबार ११:२०,

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा पनि केन्द्रको धङधङी गरेको बताएका छन्।

प्रदेश सभामा जवाफ दिँदै उनले पार्टीहरु बलियो हुन थालेपछि सक्रिय हुने एउटा अदृष्य शक्ति रहेको बताए।

'विपी कोइराला नेतृत्वको सरकार पनि कमजोर बनाइयो। २०४६ सालमा पनि किसुनजी, गणेशमान र गिरिजा बाबूबीच कन्स्पीरेसी सुरु गराइयो। २०४७ मा पनि त्यही भयो। नेकपाभित्र पनि विवाद सुरु गराइयो', उनले भने।

मुख्यमन्त्रीलाई प्रश्न गर्दा प्रधानमन्त्रीलाई सोधे जस्तो गर्नु केन्द्रको धङधङी भएकव उनको भनाई छ।

देशमा सबै आशा लाग्दा पार्टीमा विग्रह रहेको भन्दै उनले एमाले भित्र पहिलो तहका नेताहरु नै एकताको विपक्षमा देखिएको बताए।

पार्टीहरु किन कमजोर बने, संघीयतालाई बजवुत बनाउन के गर्ने भन्नेबारे नेताहरुबीच छलफल नभएको भन्दै उनले चिन्ता गरे।

हामी पार्टीलाई खुइलाउँदा खुइलाउँदा जनताले विश्वास गर्न नसक्ने अवस्था रहेको उनले बताए।

'गुटले गरेको कुरा भगवानले दिएको आशिर्वाद मान्छौं। आलोचना गर्दैनौं, उनले भने, 'पार्टीको अनुशासन भन्दा गुटको अनुशासन मान्छौं। राजनीतिलाई समीक्षा गर्नुपर्ने बेला आएको छ।'

प्रतिनिधिसभाको विग्रहलाई प्रदेशमा ल्याएको भन्दै उनले चिन्ता व्यक्त गरे।

उनले प्रदेशलाई सिर्जनात्मक बनाउन आग्रह गरे। उनले प्रदेश सभा मौनाचरीको बजान जस्तो हुन लागेको भन्दै चिन्ता व्यक्त गरे।

काठमाडौंमा गरेको भाकल पुरा गर्न प्रदेशलाई बली बनाइने गरेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .