मेस्सीले हालसम्म अर्जेन्टिनाबाट ७२ गोलगर्दा सुनिल क्षेत्रीले भारतका लागि मेस्सीले भन्दा २ गोल बढी अर्थात् ७४ गोल गरेका हुन्।
जसका कारण यतिबेला भारतभर मेस्सीभन्दा सुनिल क्षेत्री उत्कृष्ट फुटबलर भएको विश्लेषण भइरहेकोछ।
आफू मेस्सीभन्दा राम्रो खेलाडी भएको भनेर चर्चा चलिरहँदा क्षेत्रीले यो विषयमा प्रतिक्रिया जनाएका छन्।
बुधबार सुनिल क्षेत्रीले आफू र मेस्सीबीच कहिल्यै तुलना हुन नसक्ने र मेस्सी विश्वका उत्कृष्ट भएको बताएका हुन्।
उनी भन्छन्,‘तथ्य के हो भने म र मेस्सीबीच कहिल्यै तुलना हुन सक्दैन। संसारमा मभन्दा हजारौं उत्कृष्ट फुटबलर छन् र उनीहरु सबै मेस्सीका फ्यान हुन्। यो सत्य हो फुटबल बुझ्ने मानिसले म र मेस्सीको तुलना गर्दैनन्।’
‘म फुटबल राम्रोसँग बुझ्छु, त्यसैले मेस्सीसँग मेरो तुलना हुनै सक्दैन। म केमा खुशी छु भने मैले देशको लागि सयभन्दा बढी खेल खेलिसके’ उनी भन्छन्,‘जसले मेरो र मेस्सीको अन्तर्राष्ट्रिय गोलको तथ्यांक हेरेर मलाई बधाई दिइरहेका छन्। तपाइँ ५ सेकेन्ड खुशी हुनुहोस्। तर अन्तिम सत्य यही हो विश्व नै मेस्सीको फ्यान हो।’ टाइम्स अफ इन्डिया
प्रतिक्रिया