बीबीसीका अनुसार सुचीमाथि सेनाले हालसम्मकै गम्भीर आरोप लगाएका छन्। हाल सुचीविरुद्ध भ्रष्टाचारको मुद्दा अदालतमा दायर भएको हो।
सुचीले ठूलो संख्यामा घुस लिएको आरोप लागेको छ। ६ लाख अमेरिकी डलर घुस लिएको भन्ने आरोप पुष्टि भएका उनलाई १५ वर्षको जेल हुनेछ।
यसअघि उनीमाथि कयौं आरोप लागिसकेको छ। ती मुद्दामा पनि दोषी भए उनलाई जेल हुनसक्ने बताइएको छ।
यसअघि उनीमाथि अवैध रुपमा वाकी–टकी फोन खरिद गरेको, देशमा अशान्ति फैल्याएको र कोरोनाको नियम तोडेको आरोप लागेका थिए।
गत फेब्रुअरी १ यता म्यान्मारमा सैन्य शासन लागू भएको छ। त्यसयता उनी नजरबन्दमा छिन्। सुचीको पार्टी एनएलडीले चुनावमा धाँधली गरेर बहुमत ल्याएको भन्दै सेनाले सत्ता हत्याएका थिए।
सैन्य कूविरुद्धको प्रदर्शनमा हालसम्म ८५० सर्वसाधारणको मृत्यु भइसकेको छ। सेना तथा प्रहरीले प्रदर्शनकारीमाथि बन्दुक चलाउने गरेका छन्।

प्रतिक्रिया