ad ad

राजनीति


प्रदेश सभामा मतदान हुन लाग्दा दीपक मनाङे सम्पर्कविहीन

प्रदेश सभामा मतदान हुन लाग्दा दीपक मनाङे सम्पर्कविहीन

नेपालखबर
जेठ २७, २०७८ बिहिबार ६:२८,

गण्डकी प्रदेश सभामा विपक्षी गठबन्धनलाई सहयोग गर्ने बचन दिनएका राजीव गुरुङ (दीपक मनाङे) सम्पर्कविहीन भएका छन्।

गण्डकी प्रदेश सारकारमा युवा तथा खेलकुद मन्त्रीसमेत रहेका उनी वुधबार बेलुका बसेको मन्त्रिपरिषद बैठकमा समेत गएका थिएनन्।
उनी मनाङबाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद हुन्।

मनाङेले कित्ता परिवर्तन गरेपछि प्रदेश सभामा विपक्षीको बहुमत पुग्ने निश्चित भएको थियो।

'अहिले दीपक जी हाम्रो सम्पर्कमा हुनुहुन्न', नेकपा माओवादी केन्द्रका एक सांसदले भने, 'प्रदेश सभाको रक्षाका लागि आफ्नो भूमिका खेल्छु भन्नु भएको छ। प्रदेश सभामा उपस्थित हुनु होला।'

मनाङे हिजोदेखि नै सरकारको सम्पर्कमा समेत नरहेको एक मन्त्रीले बताए।

आज बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदै छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .