नेकपा एमालेका नेता वामदेव गौतमले २०७५ जेठ २ मा कायम रहेको कमिटीको बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।
उनले दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न समस्याका बारेमा छलफल गरी सही मार्गदर्शन गर्न ओलीलाई अनुरोध गरेका हुन्।
पार्टी एकता अभियानका संयोजकसमेत रहेका गौतमले ओलीको वक्तव्यमा आफ्नै प्रशंसा लगायत कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोग भए पनि 'नेकपा एमालेलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थामा अगाडि बढाइने छ' भन्ने विषय सकारात्मक भएको बताएका छन्।
एकताको पक्षमा उभिएकालाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भन्ने विषय एमाले भित्रको समस्यामा ल्याउनु अनुचित भएको गौतमको ठहर छ।
त्यसैगरी जनवर्गीय संगठनहरुका संरचनाका सम्बन्धमा मूलभूतरुपमा भन्नुको अर्थ २०७५ जेठ ३ पूर्वको जस्ताको तस्तै अवस्थालाई अस्वीकार पनि गर्न सकिन्छ भन्नुलाई इमानदार एकताको प्रयत्न मान्न नसकिने उनले बताएका छन्।
वक्तव्यको पूर्णपाठ

प्रतिक्रिया