राजनीति


एमालेका दोस्रो तहका नेताबीच समिट होटलमा वार्ता

एमालेका दोस्रो तहका नेताबीच समिट होटलमा वार्ता

नेपालखबर
जेठ २५, २०७८ मंगलबार १२:४६,

पार्टी विवाद मिलाउने प्रयासमा रहेका नेकपा–एमालेका दोस्रो तहका नेताहरु ललितपुरको कुपण्डोलस्थित समिट होटलमा भेला भएका छन्।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र माधवकुमार नेपालले नेतृत्व गरेको असन्तुष्ट समूहबीच केहि सातादेखि नै पार्टीको आन्तरिक विवाद सुल्झाउन वार्ता भइरहेको छ।

एक नेताका अनुसार समिट होटेलमा दुवैतर्फका नेताहरुबीच वार्ता भइरहेको छ। 

छलफलमा ओलीतर्फका सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी छन् भने नेपालतर्फबाट घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य छन्।

यसअघि कार्यदलमा रहेका भीम रावल र रघुजी पन्त सहभागी छैनन्।

ओली पक्षले माधव नेपालसहितका नेताहरुलाई कारबाही गर्दा रावललाई समेत पार्टीबाट निष्काशित गरेका कारण उनी त्यसपछि वार्ता गर्नुको कुनै अर्थ नभएको बताउने गरेका छन् भने पन्त केहि दिनदेखि विरामी रहेका छन्।

ओली र नेपालबीच भएको सहमतिका आधारमा दुवै तर्फका नेताहरु समावेश गरी गठन गरिएको कार्यदल अहिले औपचारिकरुपमा बैठक गर्न छाडेपछि केहि नेताहरुले अनौपचारिक रुपमा संवादलाई जारी राखेका छन्।

यसअघि याक एण्ड यतिमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली र नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहितका नेताहरुले चार घण्टा लामो वार्ता गरेका थिए।

यसबीचमा पनि उनीहरुले विभिन्न ढंगबाट संवाद जारी राखेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad