राजनीति


प्रचण्डले भने : अहिले कांग्रेस पनि साथमा छ, संसद पुनर्स्थापना हुन्छ

प्रचण्डले भने : अहिले कांग्रेस पनि साथमा छ, संसद पुनर्स्थापना हुन्छ

नेपालखबर
जेठ २५, २०७८ मंगलबार ११:५,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापना हुने बताएका छन्।

मंगलबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकमा बोल्दै उनले संसद संविधान अनुसार विघटन नभएको बताए।

‘अदालतले पनि अन्तत: हेर्ने भनेको संविधान हो।’ प्रचण्डले भने, ‘५ पुसमा पनि संसद विघटन गरे, हामीले लडेर संसद फिर्ता ल्यायौँ, त्यतिबेला पनि मैले हामी जिउँदै छौँ भनेको थिए, अहिले त झन् नांगो रुपमा संसद विघटन गरिएको छ, संसद पुनर्स्थापना हुन्छ।’

पहिलोचोटी गरिएको संसद विघटनको बेला कांग्रेस पनि ढुलमुले चरित्रमा रहेको उल्लेख गर्दै प्रचण्डले भने, ‘पहिलोपटक चाहिँ नेपाली कांग्रेस पनि के हो के हो भन्नेमा थियो, अहिले त कांग्रेस पनि यो प्रतिगमन नै हो भन्नेमा छ। जनता समाजवादी पार्टीका उपेन्द्रजीहरु पनि साथमा छन्। माधवजीहरु पनिसँगै छौँ, अडिराख्नुभएको छ। जनमोर्चा पनि साथमा छौँ।’

केही दिनभित्रै अदालतबाट संसद पुनर्स्थापना हुने र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षधरताको सरकार बन्ने विश्वास समेत प्रचण्डले व्यक्त गरे।
संविधान र लोकतन्त्र रक्षाका लागि पाँच दल एकै ठाउँमा दह्रो ढंगले उभिरहेको पनि प्रचण्डले सुनाए।

त्यस्तै केपी ओली र उनीसँग सम्बद्ध विदेशी शक्तिले माओवादीलाई एक्ल्याउने प्रयास गरिरहेको पनि प्रचण्डको भनाई थियो। त्यसअघि प्रचण्डले भने, ‘हामीलाई एकलो पारेर सिध्याउन खोज्नेहरु नै क्षतविक्षत पारेर सिद्धिने ठाउँमा पुगेका छन्।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .