प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकताका लागि भन्दै गरेको ६ बुँदे प्रस्तावमा सहमति जनाउने माधव नेपाल पक्षका नेतालाई लेखक खगेन्द्र संग्रौलाले कडा कटाक्ष गरेका छन्।
ओलीले आइतबार पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गर्दै एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेपछि माधव नेपाल पक्षका नेताबीच मत बाझिएको छ। कोही स्वीकार गर्ने पक्षमा छन् भने कोही नगर्ने पक्षमा छन्।
यसै सन्दर्भमा व्यंग्यात्मक प्रहार गर्न माहिर लेखक संग्रौलाले ओलीको प्रस्तावमा सहमति जनाउन खोज्ने एमाले नेताहरूले आफ्नो हुर्मत देखाउन खोजेको टिप्पणी गरेका हुन्।
हेर्नुहोस्, उनको ट्विट :


प्रतिक्रिया