नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको एकता प्रस्ताव ‘लास्ट’ भएकाले विचार गर्न माधव नेपाल पक्षलाई नेता गोकुल बाँस्कोटाले चेतावनी दिएका छन्।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आइतबार साँझ एमालेलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गर्दै नेपाल पक्षसमक्ष एकताका लागि ६ बुँदे प्रस्ताव प्रस्तुत गरेका छन्।
यस विषयमा दुवै पक्षका नेताहरूबाट धारणा आइरहेका छन्।
यसै क्रममा पूर्वसञ्चारमन्त्री एवं ओलीका विश्वासपात्र बाँस्कोटाले पछिल्लो एकताको प्रस्ताव अन्तिम भएको र यसमा सहमति नभए आआफ्ना बाटा लाग्नुपर्ने आशय व्यक्त गरेका हुन्।
‘अब के भने नि बस्नेलाई श्रीसम्पत्ति जिम्मा जानेलई दुई तीन मुठ्ठी सातुको बाटो खर्च साथ बिदा के गर्नु! आफ्नै हुन माया लाग्छ,’ सोमबार बिहान बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रकवि माधव घिमिरेको गौरी शोक काव्यमा जस्तै बनाए। यी हाँसे पनि रोए पनि बूढालाई पीरैपीरमा राख्ने भए। लास्ट प्रयास! पारिवारिक मिलनको, नत्र बाक्लो दाल खाऊ।’

प्रतिक्रिया