राजनीति


‘एमालेलाई जेठ ३ मा फर्काएपछि ओलीले गरेका सबै राष्ट्रघात माफ हुन्छन्?’

‘एमालेलाई जेठ ३ मा फर्काएपछि ओलीले गरेका सबै राष्ट्रघात माफ हुन्छन्?’

नेपालखबर
जेठ २३, २०७८ आइतबार २३:३६,

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमालेको माधव नेपाल पक्षलाई पार्टी २०७५ जेठ ३ मा फर्काएपछि प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीले दुई दुई पटक गरेका संसद् विघटनलगायत सबै राष्ट्रघात माफ हुन्छन् भनेर प्रश्न गरेका छन्। 

एमाले अध्यक्ष ओलीले पार्टी एकताका लागि भन्दै आइतबार पार्टीलाई असन्तुष्ट माधव नेपाल पक्षकै मागबमोजिम २०७५ जेठ २ गतेमा फर्काउने घोषणा गर्दै ६ बुँदे प्रस्ताव गरेका छन्।

यसै सन्दर्भमा डा. भट्टराईले नेपाल पक्षलाई पार्टी एकता गर्दैमा अध्यक्ष ओलीले दुई दुई पटक प्रतिनिधि सभा विघटन गरेको, संवैधानिक आयोगहरूमा गरिएका अवैधानिक नियुक्ति, लाखौं भ्रष्टाचार, कोरोनापीडितलाई बिल्ली पारेको जस्ता सबै कदम क्षम्य हुने हो भनेर ज्ञिज्ञासा राखेका हुन्।

उनले भनेका छन्, ‘एमाले कणहरूसँग जिज्ञासा : तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चुलामा बाक्लो दालसहित भातभान्सा गरेमा त्यसयता ओलीले गरेका २/२ पटकका संसद् विघटन, संवैधानिक अंगहरूको अवैध कब्जा, यति÷ओम्नीलगायतका अर्बौंको भ्रष्टाचार, सांसद अपहरण, कोरोनापीडित लाखौंको बिचल्ली, अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन्?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad