राजनीति


गोर्खाको योगदान सम्झेर बेलायतले नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्नुपर्छ : प्रधानमन्त्री

गोर्खाको योगदान सम्झेर बेलायतले नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्नुपर्छ : प्रधानमन्त्री

नेपालखबर
जेठ २२, २०७८ शनिबार ५:८,

प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक सम्बन्धलाई सम्झेर बेलायतले नेपाललाई कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउन आग्रह गरेका छन्।

बीबीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले बेलायती समकक्षी बोरिस जोन्सनलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेका हुन्।

ऐतिहासिक सम्बन्ध रहेको बेलायतले नेपाललाई खोप उपलब्ध गराउनु उसको जिम्मेवारी भएको उनले बताएका छन्।

गोखा सैनिकको योगदानका आधारमा पनि बेलायतले नेपाललाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाई छ।

'बेलायत सरकार र प्रधानमन्त्री बोरिस जोन्सनलाई नेपालले भोगिरहेको समस्याबारे विश्वस्त गराउन चाहन्छु', प्रधानमन्त्री ओलीले भनेका छन्, 'नेपाल अहिले विश्वमा नै धेरै संक्रमित देखिएको देश हो। राजधानी भन्दा बाहिरका ग्रमीण क्षेत्रमा पनि अहिले भाइरस फैलिएको छ।'

नागरिकलाई भ्याक्सि लगाउन सकेमा यो नियन्त्रण हुने उनले बताएका छन्। त्यो गर्न नसकेमा यो निकै कठिन हुनजाने उनको भनाई छ।

उनले नेपालको पुरानो सम्बन्धका आधारमा बेलायतलाई सहयोग उपलब्ध गराउन अपिल गरेका छन्।

'गोर्खाहरुले लामो समयदेखि आफ्नो जीवनलाई खतरामा राखेर बेलायतका लागि काम गरिरहेका छन्,' उनले भने, 'उनीहरुका परिवार यहाँ छन्। त्यसैले बेलायत र नेपालबीच गहिरो सम्बन्ध छ।'

बीबीसीसँग बेलायतका विदेश मन्त्रालयका प्रवक्ताले कोरोना महामारीसँग लड्न बेलाय नेपालको साथमा रहेको बताएका छन्। प्रवक्ताले कोभ्याक्समार्फत नेपाललाई भ्याक्सिन उपलब्ध गराउने बताएका छन्।

बेलायले नेपाललाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य सामग्री पठाएको पनि बताएका छन्।

यो पनि :
बेलायती प्रधानमन्त्रीको पहिलो नेपाल भ्रमण छिट्टै हुनेछः बेलायती सांसद शर्मा (भिडिओ वार्ता)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad