राजनीति


मन्त्रीको ‘लिस्ट’ बोकेर बादल बालुवाटारमा

मन्त्रीको ‘लिस्ट’ बोकेर बादल बालुवाटारमा

नेपालखबर
जेठ २१, २०७८ शुक्रबार १२:८,

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका रामबहादुर थापा बादल आफ्नो पक्षबाट मन्त्री बनाउने अन्तिम निर्णय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा छन्।

उनी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच अहिले छलफल भइरहेको बादलनिकट एक नेताले नेपालखबरलाई जानकारी दिए।

‘मन्त्री बन्नेहरुको बारेमा छलफल गर्ने कुरा भएकाे छ’, ती नेताले भने, ‘मन्त्री बनाउने मापदण्ड पनि तय हुन्छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीमण्डलमा व्यापक फेरबदल गर्दै छन्।

जसपाका ८ मन्त्री र २ राज्यमन्त्री बनाउने सहमति भएको छ।

तर बादल पक्षलाई दिने मन्त्रालयकाे टुंगाे नलाग्दा आजै मन्त्रीकाे शपथ हुने सम्भावना भने कम छ। 

ओलीसँगको छलफलपछि बादलले आफ्नाे पक्षबाट कसकसलाई कुन मन्त्रालय दिने भन्ने टुंगाे लगाउने तयारी छ। 

‘जसपालाई दिने मन्त्रालयको टुंगो लागिसकेकाले अब हाम्रो पक्षबाट पाउने मन्त्रालयको पनि टुंगो लाग्छ’,  उनले भने।

बादल पक्षलाई ३ मन्त्रालय दिने चर्चा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad